जेष्ठ ६, २०८२ सोमबार

तमु ल्होछार , प्रधानमन्त्री दिए शुभकामना

गुरूङ समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछार आज मनाइँदै छ ।  पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होछार पर्व धुमधामसित मनाइन्छ ।


नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होछार पर्व

ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होछार’ भनिएको गुरुङ समुदायको विश्वास छ। ‘तमु ल्होछार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । ल्होछारको अवसरमा आज गण्डकी प्रदेशमा सार्वजनिक विदा दिइएको छ भने काठमाडौंमा पनि विशेष कार्यक्रम आयोजना गरिएको छ ।

तमु ल्होछारको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गरेका छन् ।

प्रकाशित मिति : पुष १५, २०७६ मंगलबार  १२ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]