जेष्ठ ६, २०८२ सोमबार

सुनचाँदीको यो मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीकै भाउ बढेको छ । ४ दिनदेखि प्रतितोला ७३ हजार ३ सय रुपैयाँमै स्थिर रहेको सुन मंगलबार प्रतितोला २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार छापावाला सुन आज प्रतितोला ७३ हजार ५ सय रुपैयाँ कायम छ । यस्तै तेजाबी सुन प्रतितोला  ७३ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । 

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार भने प्रतितोला १० रुपैयाँले बढ्दै ९ सय रुपैयाँ कायम भएको छ । महासंघका अनुसार चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

प्रकाशित मिति : पुष १५, २०७६ मंगलबार  १२ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]