बैशाख ६, २०८२ शनिबार

नक्कली सुनसहित २ पक्राउ

काठमाडौं । १ किलो नक्कली सुनसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका वडा नं- ६ घर भइ गोंगबुस्थित होटल तनहुँमा कोठा लिइ बस्ने २२ वर्षीय भुपाल लिम्बू र पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं – १ घर भइ सोहि होटलमा कोठा लिइ बस्ने २४ वर्षीय अरुण राई रहेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले एक किलोग्राम नक्कली सुनसहित सोमबार नयाँबसपार्कबाट नियन्त्रणमा लिएको हो ।

वृत्तका प्रमुख उमेश लम्सालले नक्कली सुुनलाई सक्कली सुन भनेर ठगी गर्न लागेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : पुष १५, २०७६ मंगलबार  १ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]