बैशाख १०, २०८२ बुधबार

हाम्रो पर्व मित्रता, सद्भाव र एकताको प्रतीक’ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तमु (गुरुङ) जातिको महान चाड तमु ल्होसार र किरात कुलुङ जातिको महान चाड मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुरको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्रीद्वारा मंगलबार जारी सन्देशमा भनिएको छ, ‘‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरू आपसी मित्रता, सद्भाव र एकताको प्रतीकका रूपमा रहेका छन् । हाम्रो यो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्वपूर्ण पुँजी हो ।

यी दुवै जातिको चाडले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको छ । यी चाडले आफ्नो धर्म, संस्कृति, रितिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने मैले विश्वास लिएको छु ।’’

मुख्यमन्त्री राईले यी चाडले नेपालका सबै जातजाति एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणको दिशामा अगाडि बढ्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : पुष १५, २०७६ मंगलबार  २ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]