जेष्ठ ६, २०८२ सोमबार

घर भाडामा लिनेदिने दुवैले प्रहरीलाई अनिवार्य विवरण दिनुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य सहरी क्षेत्रहरूमा घरभाडामा दिने र लिने दुवैको विवरण प्रहरीलाई दिनुपर्ने भएको छ ।

केही दिनअघि बसेको गृहको बैठकले घर भाडामा लिएर विभिन्न व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधि, चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता अपराध बढेको भन्दै प्रहरीलाई विवरण बुझाउनुपर्ने निर्णय गरेको हो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापासहित गृहसचिव प्रेमकुमार राई र तीनवटै सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो । गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार यो निर्णयले  समग्र शान्ति सु–व्यवस्थामा सहयोग पुग्नेछ ।

उनका अनुसार अब घर भाडामा दिँदा र लिँदा भाडामा बस्ने व्यक्ति, संस्था, कार्यालयको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरण र छाडेको विवरण पनि प्रहरी कार्यालयमा अनिवार्य बुझाउनुपर्नेछ ।

स्थानीय प्रहरी एकाइमा अनिवार्य रूपमा दिने र स्थानीय प्रहरी एकाइले पनि अनिवार्य लिई घरभाडामा बस्ने र छाड्नेहरूको नियमित एवं अद्यावधिक अभिलेख राख्ने बैठकले निर्णय गरेको भट्टराईले बताए ।

प्रकाशित मिति : पुष १५, २०७६ मंगलबार  ३ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]