जेष्ठ ६, २०८२ सोमबार

क्यान्सर पीडित बिर्तामोड ७ का वडाध्यक्षको निधन

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ का वडाध्यक्ष गंगाबहादुर भट्टराईको निधन भएको छ । मंगलबार अपरान्ह साढे ४ बजे भट्टराईको निजी निवासमा निधन भएको बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नीप्रसाद पाण्डेले जानकारी दिए ।

भट्टराई २ वर्षदेखि क्यान्सरबाट पीडित थिए । मुलुकका विभिन्न स्थानमा उपचार गराउँदा समेत विराम सुधार नभएपछि वडाध्यक्ष भट्टराई ३ महिना यता बेड रेस्टमा थिए । बिर्तामोड ७ मा भट्टराईको नेतृत्वमा पाँचै जना जनप्रतिनिधि पूर्व एमालेबाट निर्वाचित भएका थिए । ०२८ सालको झापा विद्रोहका योद्धा समेत रहेका भट्टराई सोही समयदेखि राजनीतिमा आबद्ध थिए ।

प्रकाशित मिति : पुष १५, २०७६ मंगलबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]