बैशाख १७, २०८२ बुधबार

भ्रमण वर्षमा प्रदेश १ को लक्ष्य ५ लाख पर्यटक भित्र्याउने

विराटनगर । नेपाल भ्रमण वर्ष २०२० को प्रदेश १ मा औपचारिक सुभारम्भ भएको छ । बुधबार विराटनगरको सहिद मैदानबाट मुख्यमन्त्री शेरधन राईले पाँचलाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष सुभारम्भ भएको बताए ।

विभिन्न झाँकी र हेलिकप्टरबाट पुष्टवृष्टिसहित आयोजना भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले नेपालको होचो स्थान केचना कवलदेखि विश्वको अग्लो स्थान सगरमाथासहित अन्य पर्यटकीय क्षेत्रहरुको अवलोकनका लागि पाँचलाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको बताए । भ्रमण वर्षलाई सफल बनाउन पर्यटन व्यवसायी र निजी क्षेत्रसँग मिलेर प्रदेश सरकारले काम अघि बढाएको उनको भनाइ छ ।

प्रदेश १ मा विश्वको सर्वाेच्च शिखर सगरमाथा सँगै सगरमाथा राष्ट्रिय निकुन्ज, मकालु बरुण राष्ट्रिय निकुन्ज, कञ्चनजंघा राष्ट्रिय निकुन्ज र कोशी टप्पु बन्यजन्तु आरक्षलगायतका क्षेत्रहरु छन् ।

देश १ मा धार्मिक पर्यटकीय क्षेत्र बराह क्षेत्र, हलेसी, पाथीभरा छन् । परिचित पर्यकीय स्थल भेडेटार, नाम्जे, सन्दकपुर, श्रीअन्तु, तीनजुरे मिल्के जलजले, कन्याम, सभापोखरी, नाम्चे–दुधकुण्ड, सिलिचुङ साल्पा पोखरी पनि प्रदेश १ मा पर्छ । नेपाल सरकारले घोषणा गरेको १०० गन्तब्यमध्ये प्रदेश १ मा १६ वटा पर्यटकीय स्थल पर्छन् ।

प्रदेशका १४ वटै जिल्लाका पर्यटकीय क्षेत्रको पर्यटन प्रर्बदन र पुर्बाधार बिकास गरी आगामी १० बर्ष भित्रमा संसारकै सुन्दर पर्यटकीय गन्तब्य स्थलको रुपमा प्रदेश नं १ लाई बिकास गर्ने योजना रहेको मुख्यमन्त्री राईले बताए ।

प्रदेश सरकारले समिटर्स समिट गर्ने

एक नम्बर प्रदेश सरकराले मे महिनामा समिटर्स समिट आयोजना गर्ने भएको छ । सगरमाथा दिवसको अवसर पारेर सगरमाथा आरोहरण गरेका राष्ट्रिय– अन्तराष्ट्रीय पर्वतारोहीहरु सम्मिलित समिट आयोजना गर्न लागिएको मुख्यमन्त्री राईले बताए ।

सम्मेलनको माध्यमबाट पर्यटन प्रचारप्रसारमा योगदान पुग्ने उनले बताए । मुख्यमन्त्री राईले भ्रमण वर्ष इभेन्ट भनाई आर्थिक समृद्धिको एजेण्डा भएको बताए ।

विश्वका लागि उदारण बन्न सक्छौं

भारतका ग्रामीण पर्यटन विज्ञ राज बासुले प्रदेश १ का सम्भावनाहरु विश्वालाई चिनाउने खालका रहेको बताएका छन् । भ्रमण वर्षको उद्घाटनका क्रममा उनले इन्डो नेपाल ग्रामीण टुरिजम विकास गर्नसके एसियाका लागि मात्र नभई विश्वका लागि नमुना हुने उनले बताए ।

नेपाल र भारतका ग्रामिण पर्यटन क्षेत्रलाई जोडेर प्यकेज बनाउन सके पर्यटक भित्र्याउन सहज हुने बताए । प्रदेश १ मा उपचारका लागि भारतबाट धेरै मानिस आउने बताउँदै उनले ती सेवाग्राहीमार्फत प्रचारप्रसार गर्न पनि आग्रह गरे ।

प्रदेश १ को कुल ग्रार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको १.९६ प्रतिशत योगदान छ । पर्यटन क्षेत्रमा ३२ हजारले रोजगारी पाइरहेका छन् । मुख्यमन्त्री राईले ग्राहस्त उत्पादन पाँच प्रतिशत पु¥याउने र रोजगारीको अवसर तीन गुणाले वृद्धि गर्ने योजना अनुसार काम अघि बढाइएको मुख्यमन्त्री शेरधन राईले बताए ।

प्रकाशित मिति : पुष १६, २०७६ बुधबार  ७ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]