दोमुखामा पर्यटकको भव्य स्वागत
माइधार । नेपाल भ्रमण बर्ष २०२० को पहिलो दिन आउने आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरि यहाँस्थित दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाले सास्कृतिक कार्यक्रमको आयोजना गरी भव्य स्वागत गरेको छ ।

पर्यटकीय संस्थाको आयोजनामा स्थानीय तथा राष्ट्रिय कलाकारद्धारा साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको थियो भने स्थानीय कला र सस्कृतिको समेत प्रदर्शन गरिएको विकास संस्थाका अध्यक्ष धनप्रसाद लावतीले बताए ।
कार्यक्रममा वोल्दै शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले भ्रमण बर्ष सफल बनाउनु सरकारको मात्रै नभएर सबै नेपालीको साझा दायित्व भएको बताइन् ।
शिवसताक्षी १० का वडाध्यक्ष कर्णबहादुर थापाले भ्रमण बर्ष नेपालीको साझा चाड भएकोले सबैको घरआगनमा भित्रिसकेको बताए । दोमुखामा यस बर्षभरिनै यस्ता सांस्कृतिक कार्यक्रमले निरन्तता पाउने समेत बताएका छन् ।
कलाकारहरु सुरज चेम्जोङ, स्वच्छा राई, मेची अंग्रेजी मावि माइधार , रेडरोज लगायातका बिद्यार्थीले समेत साङगितीक प्रस्तुती दिएका थिए ।
यसैगरि नयाँ बर्षको दिन झापाका अन्य पर्यटकीय क्षेत्र कनकाईको हेप्पीलैण्ड फनपार्क, जामुनखाडी सिमसार , कालिका सिमसार लगायातमा समेत आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ ।