मुख्य समाचार

विप्लव समूहका चार जना प्रहरीकाे नियन्त्रणमा

विप्लव समूहका चार जना प्रहरीकाे नियन्त्रणमा


दाङ – धराैटी बुझाएर रिहा हुन लागेका नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपा समूहका चार जनालाई प्रहरीले अदालत परिसरभित्रै धरपकड गरी नियन्त्रणमा लिएको छ ।

बुधवार दाङकाे देउखुरी जिल्ला अदालतमा धरौटी बुझाएर रिहा हुन लागेका कुलबहादुर ओली, धनबहादुर बुढा, तिलक पुन र एकराज चौधरीलाई अदालत परिसरभित्रैबाट पुनः नियन्त्रणमा लिइएको हो । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरी धरपकडका कारण केहीबेर अदालत परिसरका सर्वसाधारणहरु त्रस्त बनेका थिए ।

गएकाे असोज ३० गते दाङका्जि राजपुर गाउँपालिकाकाे जङ्गलबाट नियन्त्रणमा आएका २१ जनामध्ये चार जना बुधबार धरौटीमा रिहा हुने तयारीमा थिए ।

जिल्ला अदालतले गएकाे पुस ७ मा पक्राउ परेका २१ जनालाई नै १५/१५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो । तर प्रहरीले फेरि अदालत परिसरबाटै फरक मुद्दा लगाएर पक्राउ गर्ने तयारी गरेपछि उनीहरु गएकाे पुस ७ गते धरौटी नबुझाइकन कारागार चलान भएका थिए । 

जिल्ला अदालतको आदेशअनुसार उनीहरु चार जनाका परिवारका सदस्य धरौटी बुझाएर रिहा गर्न अदालत पुगेका थिए । उनीहरुका परिवारका सदस्य अदालत पुग्नासाथ अदालत परिसरमा प्रहरी सङ्ख्या बढाइएकाे थियो ।

आफन्तहरुले धरौटी बुझाएपछि रिहा हुनै लाग्दा प्रहरीले दर्ता चलानी कक्ष बाहिरबाटै उनीहरुलाई नियन्त्रणमा लिएको थियो । 

शेयर गर्नुहोस :

0
Shares