बैशाख १०, २०८२ बुधबार

कास्मिरमा सैनिक भिडन्त : गोरखाका जवान अर्जुन थापामगरको मृत्यु

कास्मिरको लाइन अफ कन्ट्रोल (एलओसी)मा भारत र पाकिस्तानबीच गोली हानाहान मृत्यु हुने सैनिकमध्ये एक नेपाली रहेको थाहा भएको छ।

मृत्यु हुने भारतीय सेनामा कार्यरत् गोरखाका २५ वर्षीय नेपाली नागरिक अर्जुन थापामगर रहेका छन्। उनी गोरखाको विकट रिप गाउँका रहेको प्राप्त समाचारमा जनाइएको छ।

बुधबार राति जम्मु र कास्मिरको राजोउरी जिल्लामा गोलीबारी भएपछि दुई सैनिकको मृत्यु भएको थियो। भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दलाई उद्धृत गर्दै दैनिक डेकन हेराल्डले नेपाली नागरिक मारिएको पुष्टि गरेको छ।

सेना कास्मिरमा खोजी तलासीको अपरेसनमा खटिएका थिए। पाकिस्तानी सेना भारत छिर्ने प्रयासमा रहेका बेला उनीहरूबीच खारी थरेत जंगलमा गोलीबारी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतमा आतंकवादी छिर्न थालेको भन्दै खोजीतलासीको अपरेसन सुरू गरिएको थियो।

प्रकाशित मिति : पुष १७, २०७६ बिहीबार  १२ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]