बैशाख ९, २०८२ मंगलबार

कर्णालीमा जिप खस्यो चार जनाको मृत्यु

सुदूर पश्चिमको बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा जिप कर्णाली नदीमा खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार से१ज १०६४ नम्बरको जिप बिहीबार दिउँसो कर्णाली नदीमा खसेको हो।

भाटका अनुसार धुलाचोरबाट कोल्टी जाँदै गरेको जिप कर्णाली नदीमा खसेको हो। दुर्घटनामा चार जना घाइते र एक जना बेपत्ता छन्।

मृतकमध्ये चालक रमेश शाहीको मात्र सनाखत भएको भाटले बताए। घाइतेहरूलाई उद्धार गरी स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको छ।

हराइरहेका एक जनाको खोजीका लागि प्रहरी दर्घटनास्थल पुगिसकेको छ। दुर्घटनाको कारण खुलेको छैन।

प्रकाशित मिति : पुष १७, २०७६ बिहीबार  २ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]