बैशाख १७, २०८२ बुधबार

फिदिममा ‘महिनावारी मेला’

पाँचथर – ‘महिनावारी हाम्रो भाग्यवारी’ भन्ने नाराका साथ पाँचथरको फिदिम नगरपालिकामा बिहीबार एक दिने महिनावारी मेला सम्पन्न भएको छ ।

महिलाहरुमा हुने महिनावारीप्रतिको अन्धविश्वासलाई हटाउने उद्देश्यले ‘परिवर्तनको सुरुवात’ नामक संस्थाले मेलाको आयोजना गरेको हो । महिनावारी हुनु अभिशाप नभइ भाग्य हाे भन्ने सन्देश फैलाउन मेलाको आयोजना गरिएकाे संस्थाकी अध्यक्ष विविशा बुढाथोकीले बताउनु भयो ।

मेलामा महिलामा हुने महिनावारीसँग सम्बन्धित नाै वटा स्टल राखिएको थियो । मेलामा सहभागीहरुलाई महिनावारीको लक्षण, महिनावारी के हो ? महिनावारी किन र कसरी हुन्छ ? महिनावारी भएको बेला के खाने र महिलाको स्वास्थ्यको बारेमा जानकारी दिइएकाे थियो ।

महिनावारी भएको बेला प्याड प्रयोग गर्ने बारेमा समेत जानकारी दिइएको संस्थाकी सचिव दीक्षा थपलियाले बताउनु भयो ।

घर परिवारका सबै सदस्यहरुलाई महिनावारीको बारेमा जानकारी भएमात्र महिनावारीप्रतिको अन्धविश्वास हट्ने मान्यताको साथ मेलामा युवायुवती वृद्धवृद्धा, र विद्यार्थीहरुलाई सहभागी गराइएको थियो ।

याे मेलाकाे लागि फिदिम नगरपालिकाले आर्थिक सहयोग गरेकाे थियो ।

प्रकाशित मिति : पुष १८, २०७६ शुक्रबार  १२ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]