बैशाख ६, २०८२ शनिबार

चट्याङ लागेर एकै परिवारका पाँचजना घाइते

बाँके । चट्याङ लागेर बाँकेमा एकै परिवारका पाँच जना घाइते भएका छन् । शुक्रबार (आज) बिहान पौने पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार नेपालगञ्ज–१३ महापुरवाका ५४ वर्षीय गुरुदिन खटिकको घरमा चट्याङ पर्दा गुरुदिनसहित पाँच घाइते भएका हुन् ।

चट्याङ लागेर ५५ वर्षीया श्यामकला खटिक, ४५ वर्षीय राजितराम खटिक, १८ वर्षीय रामरुप खटिक र चार वर्षीय सुबी खटिक घाइते भएका हुन् ।

चट्याङ लागेर घाइते भएका उनीहरु सबैको नेपालगञ्जस्थित भेरी अस्पतालमा यतिखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । चट्याङ लागेर गुरुदिनले पालेको एउटा बङ्गुरसमेत मरेको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित मिति : पुष १८, २०७६ शुक्रबार  १ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]