Banner news

अनेरास्ववियूको एकता टुङियो, झापाका मनोज ताम्ली केन्द्रीय सदस्य

अनेरास्ववियूको एकता टुङियो, झापाका मनोज ताम्ली केन्द्रीय सदस्य


काठमाडौं – सत्तारुढ दल नेकपा निकट विद्यार्थी अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले केन्द्रीय कमिटीको एकता टुंग्याएको छ। शुक्रबार बसेको बैठकले ३३५ सदस्यीय केन्द्रीय कमिटी रहने गरी टुंग्याएको हो। जसमा साविक अनेरास्ववियुबाट १८० र अनेरास्ववियू (क्रान्तिकारी)बाट १५५ सदस्य रहने गरी केन्द्रीय कमिटी टुंग्याएको हो।

त्यस्तै ७७ जिल्लामध्ये तत्कालिन अनेरास्ववियुले ४२ जिल्ला र तत्कालिन अखिल क्रान्तिकारीले ३५ जिल्ला लिने सहमति भएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए। बस्नेतका अनुसार ४५ सदस्यीय स्थायी समितिमा अनेरास्ववियुले २४ र क्रान्तिकारीले २१ लिने सहमति भएको छ।

७ प्रदेश मध्ये २, ३ र कर्णाली प्रदेशको नेतृत्व तत्कालिन क्रान्तिकारी र १, गण्डकी , ५ र सुदूरपश्चिम प्रदेशको नेतृत्व अनेरास्ववियुले लिने सहमति भएको छ। 

सूची 

सूची 

शेयर गर्नुहोस :

0
Shares