बैशाख १७, २०८२ बुधबार

झापाका राजेन्द्र घिमिरे कांग्रेसबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार

बिर्तामोड । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीबाट उम्मेदवार छानेको छ । पार्टी केन्द्रीय समितिले दिएको जिम्मेवारीअनुसार शनिबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले १४ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । बाँकी २ उम्मेदवारको नाम शनिबार साँझसम्म टुंगो लाग्ने कांग्रेसले जनाएको छ ।

रिक्त १८ पदमध्ये कांग्रेसले प्रदेश नम्बर २ मा समाजवादी पार्टीसँग तालमेल गर्दै दुई पद छाडेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पदाधिकारी बैठकले उम्मेदवार छानेको हो ।

‘बाँकी २ जना उम्मेदवारको नाम पनि टुंगो लागेपछि औपचारिक रूपमा निर्णय सार्वजनिक हुन्छ,’ उनले भने । माघ ९ गते राष्ट्रियसभा सदस्य निर्वाचन छ । आइतबार मनोनयन दर्ता गर्ने आयोगको कार्यतालिका छ ।

कांग्रेसले झापाका उधोगी व्यवसायी राजेन्द्र घिमिरेलाई राष्ट्रिय सभाको उम्मेद्वार बनाएको जनाएको छ ।

यी हुन् कांग्रेस उम्मेदवार

प्रदेश नम्बर १

पाँचथरका निरबहादुर विश्वकर्मा (दलिततर्फ)

सुनसरीकी मीना पुलामी मगर (महिला)

झापाका राजेन्द्र घिमिरे (अन्य)

प्रदेश नम्बर २

महोत्तरीकी नगिना यादव (महिला)

धनुषाका भोला पन्जियार (अल्पसंख्यरअपांगता)

प्रदेश नम्बर ३

सिन्धुपाल्चोकका हरिशरण श्रेष्ठ (अन्य)

चितवनकी छलीकुमारी शर्मा उपाध्याय (महिला)

गण्डकी प्रदेश

स्याङ्जाका सूर्यप्रसाद रेग्मी (अन्य)

म्याग्दीकी विमला गौचन (महिला)

प्रदेश नम्बर ५

अर्घाखाँचीका बालकृष्ण पाण्डे (अन्य)

दाङकी गिरिजा न्यौपाने (महिला)

बाँकेकी मेराज हलवाई (अल्पसंख्यकरअपाङ्गता)

कर्णाली प्रदेश उम्मेदवार टुंग्याउन बाँकी

सुदुरपश्चिम प्रदेश

बैतडीका प्रताप ठगुन्ना (अन्य)

कैलालीकी तुलसी देवकोटा (महिला)

प्रकाशित मिति : पुष १९, २०७६ शनिबार  ३ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]