ज्येष्ठ नागरिकलाई न्यानो कपडा
बिर्तामोड । शिवनगर टोल विकास संस्था बिर्तामोड–४ ले ज्येष्ठ नागरिकका लागि न्यानो कपडा वितरण गरेको छ । शनिवार विहान न्यानो कपडा वितरण कार्यक्रमको आयोजना गरेर ५५ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको टोल विकास संस्थाका अध्यक्ष छविलाल विश्वकर्माले जानकारी दिए ।

सेवा भावनाले हरेक ज्येष्ठ नागरिकलाई जनही ६ सय ५० रुपैंया बराबरको न्यानो कपडा वितरण गरिएको अध्यक्ष विश्वकर्माले बताए । सो कपडा उपलब्ध गराउन बिर्तामोडका समाजसेवी ज्ञानुराम प्रसाई, सुवास भट्टराई, राजु धमला , सोममाया गुरुङ , स्वर्गीय पूण्यमाता घिमिरेको स्मृतिमा राजकुमार घिमिरे (राजु) र रिटर्नी माइग्रेन्ट नेपालले सहयोग गरेका थिए ।
न्यानो कपडा वितरण गरेर टोल विकास संस्थाले महत्वपूर्ण काम गरेको बिर्तामोडका मेयर ध्रुव कुमार शिवाकोटीले बताए । उनले सबैले मिलेर पूण्यको काम गर्नुपर्ने बताएका छन् । कार्यक्रममा बिर्तामोड ४ का वडाध्यक्ष कुल प्रसाद संग्रौला लगायतले मन्तव्य राखेका थिए ।