बैशाख ९, २०८२ मंगलबार

कावासोतीकाे तोरीबारीमा गैंडा मृत फेला

नवलपरासी । पूर्वीनवलपरासीको कावासोतीमा एक गैंडा मृत फेला परेको छ ।

कावासोती–१०, रतौलस्थित मोहनीलाल पन्थीको तोरीबारीमा आइतबार बिहान अन्दाजी ६/७ वर्षको गैंडा मृत भेटिएको कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले जानकारी दिए ।

गैंडा मृत्युको कारण पत्ता लाग्न बाँकी रहेको लामीचौर वन उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौड्याले जानकारी दिए ।

घटनास्थल पुगेको प्रहरीले अहिले मृत गैंडालाई घेरा हालेर राखेको छ ।

प्रकाशित मिति : पुष २०, २०७६ आईतबार  ११ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]