ईरान– अमेरिका तनाव : ‘तेस्रो विश्वयुद्धको कालो बादल मडारिन थाल्याे!’
काठमाण्डौ – पाकिस्तानमा छापिने उर्दु भाषाका अखबारहरुले यो हप्ता ईरानी सैन्य कमाण्डरको अमेरिकी आक्रमणमा मृत्यु भएको खबरलाई प्राथमिकतामा राखेका छन् ।

साथै पाकिस्तानी सेना प्रमुखकको कार्यकाल विस्तार र भारतमा नागरिकता संशोधन कानुन र राष्ट्रिय नागरिकता रजिस्टर (सीएए–एनआरसी) विरुद्ध भइरहेको विरोध प्रदर्शनसँग जोडिएका खबरलाई निकै महत्वका साथ छापेका छन् ।
सबैभन्दा पहिला कुरा गरौँ, ईरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको बारेमा । ईरानको कुद्स फोर्सका प्रमुख कासिम सुलेमानीको बगदाद अन्तर्राष्ट्रिय एअरपोर्टनजिक एक अमेरिकी हवाई आक्रमणमा ज्यान गएको थियो ।
यस विषयमा अमेरिकी रक्षा विभागले एक बयान जारी गर्दै भन्यो, ‘अमेरिकी राष्ट्रपतिको निर्देशनमा विदेशमा रहेका अमेरिकी सैन्यकर्मीहरुको रक्षको लागि कासिम सुलेमानीलाई मार्ने कदम उठाइएको हो । अमेरिकाले उनलाई आतङ्कवादी घोषित गरिसकेको थियो ।’
कुद्स फोर्स ईरानको इस्लामिक रिभोल्युशनरी गार्ड्स कर्प्सको एक शाखा हो, जसले देशबाहिरको अभियानमा सहयोग गर्छ । र यसका प्रमुख सुलेमानी सिधारुपमा देशका सर्वाेच्च नेता आयतोल्लाह अली खामेनेईप्रति जवाफदेही थिए । सुलेमानीलाई आमेनेईको निकै घनिष्ट मानिन्थ्यो र भविष्यको नेताका रुपमा हेरिएको थियो ।
याे पनि पढ्नुस्