बैशाख ९, २०८२ मंगलबार

कृषि विकास बैंक ह्याकिङ प्रकरण : मुख्य अभियुक्त पक्राउ

काठमाडौं । कृषि विकास बैंकको करिब पाँच अर्ब रूपैयाँ लुट्ने योजना बनाउने गिरोहका एक व्यक्तिलाई प्रहरीले पक्रेको छ ।

बैंकिङ प्रणाली ह्याक गरेर पैसा लुट्ने मध्येका मोरङ रंगेली नगरपालिका २ का ४३ वर्षीय दीपक नेपाललाई काठमाडौंमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

नाइजेरियन र भारतीय नागरिकसँग भारतको मुम्बई र नेपालमा बसी नेपालका बैंक तथा वित्तिय संस्थाहरूबाट ५ अर्बभन्दा बढी रकम ह्याक गरी लैजाने योजनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।

आरोपी नेपाललाई आवश्यक कार्वाहीका लागि काठमाण्डौ जिल्ला अदालत पठाईएको पनि महानगरीय प्रहरी महाशाखाले जनाएको छ ।

कृषि विकास बैंकको गोल्फुटार शाखाबाट नौं लाख रुपैयाँको चेक साट्न लागिरहेका बेला उनलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि उनीजस्तै १८ जना एजेन्ट पनि पक्राउ परेका थिए ।

लुटिएको ४ करोड ७६ लाख रूपैयाँमध्ये नेपालको खातामा एक करोड मौज्दात रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : पुष २०, २०७६ आईतबार  २ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]