बिर्तामोड

हर्कलाल गिरीलाई पत्नी शोक

हर्कलाल गिरीलाई पत्नी शोक


बिर्तामोड । नेपाल दशनामी समाज केन्द्रीय सल्लाहकार तथा समाजसेवी बिर्तामोड–५ का हर्कलाल गिरीकी धर्मपत्नी विनु गिरीको निधन भएको छ ।

भारतको सिलीगुडीको न्यूटन केटिया अस्पतालमा उपचारत गिरीको ६८ बर्षको उमेरमा ह्दयघातका कारण आइतवार विहान ९ :३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गत बिहीवार विरामी भएर झापा बिर्तामोडको विएण्डसी अस्पतालमा भर्ना भएकी गिरीको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि सिलीगु्डी लगिएको पारिवारिक स्रोतले जनाएको छ । गिरीका एक छोरा आशिष बुहारी भावना , छोरी बन्दना गिरी र एक नाती २ नातिनी रहेका छन् ।

हर्कलाल तत्कालिन अनारमनी गाविसका अध्यक्ष, नेपाली काँग्रेस झापाका पूर्व सदस्य र विभिन्न सामाजिक संघ÷संगठनमा आवद्ध छन् । मृतृक गिरीको आइतवार कनकाई माई आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares