विभिन्न मुद्दामा फरार १७ अभियुक्त एकैदिन पक्राउ
सप्तरी – जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा फरार रहेका १७ अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न ठाउँबाट सोमबार ती अभियुक्तलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले जानकारी दिनुभयो ।

अदालतबाट कैद तथा जरिबाना तोकिसकेपछि अहिलेसम्म फरार रहेका अभियुक्तलार्ई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका १० का ५९ वर्षीय खगेन्द्र यादव, खड्क नगरपालिका ४ का ५८ वर्षीय इसराइल मियाँ, खड्क नगरपालिका ६ का राजकुमार साह रहेका छन् ।
यसैगरी खड्क नगरपालिका ९ का मिश्रीलाल चौधरीको हकमा छोरा अरुणकुमार चौधरी र सुखैर चौधरीको हकमा श्रीमती सुकमारदेवी चौधरी, बोदे बर्साइन नगरपालिका ९ का ४७ वर्षीय चन्देश्वर साह तेली, खड्क नगरपालिका ६ का नजबुद मियाँ र खड्क नगरपालिका–९ का महिनारायण चौधरीको हकमा भाइ दीपनारायण चौधरी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहनुभएका भारतीले जानकारी दिनुभयो ।
राजगढ गाउँपालिका २ का बलवीरकुमार यादव, बलान बिहुल गाउँपालिका ३ का ५४ वर्षीय जयराम साह, सुरुङ्गा नगरपालिका ९ का ४० वर्षीय नरसिंह चौधरी, खड्क नगरपालिका ९ का फागु मण्डल, बोदे बर्साइन नगरपालिका ९ का ५७ वर्षीय झौली मण्डल, बोदे बर्साइन नगरपालिका २ का ४७ वर्षीय महेन्द्र साह र ३८ वर्षीय रामसुन्दर यादव, खड्क नगरपालिका बद्री चौधरी र सङ्गीताकुमारी चौधरी पक्राउ परेका छन् । पछिल्लाे समय प्रहरीले फरार अभियुक्त पक्राउ गर्ने अभियान सञ्चालन गरेको जनाएको छ ।