असार २, २०८२ सोमबार

स्वेता खड्काको अगुवाइमा बनेको माझीबस्तीलाई पर्यटकीय गन्तब्य बनाइने

सिन्धुपाल्चोक । भूकम्पले उठिबास लागेका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ का माझी परिवार नयाँ घरमा बस्न थालेका छन् ।

स्वेताश्री फाउण्डेनको सहकार्यमा १९ रोपनी जग्गमा एकीकृत बस्ती निर्माण गरिएसँगै माझीबस्तीमा खुसीयाली देखिएको हो । ५३ परिवार रहेको बस्तीलाई पर्यटकीय केन्द्र बनाउने लक्ष्य समेत लिइएको छ ।

अरनीको राजमार्गमा पर्ने बन्देउबाट करिब ११ किलोमिटर इन्द्रावतीको किनारै किनार यात्रा गरेपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको एकीकृत माझीबस्तीमा पुग्न सकिन्छ ।

स्वेताश्री फाउण्डेसनको सहकार्यमा ठडिएको बस्ती निर्माणमा सरकारले प्रत्येक परिवारलाई अनुदानस्वरुप दिएको तीन लाख रुपैयाँ र प्रत्येक परिवारको चार लाख रुपैयाँ ऋणको समेत प्रयोग भएको छ ।

माझीबस्ती पर्यटकको लागि एउटा राम्रो गन्तव्य हुन सक्ने फाउण्डेसनकी अध्यक्ष स्वेता खड्काको भनाइ छ । माछा मारेर जिविकोपार्जन गर्दै आएका माझीहरु माछाकै विभिन्न परिकारले पर्यटकको स्वागत गर्ने तयारीमा रहेका अध्यक्ष खड्काको भनाइ छ ।

बस्तीका धेरैजसो परिवारले लक्ष्मी बैंक चौताराबाट ४/४ लाख रुपैयाँ ऋण लिएका छन् भने बाँकीको पक्रिया चलिरहेको छ । अध्यक्ष खड्काले आफ्नै घर धितो राखेर बस्तीमा लगानी गरेकी छिन् ।

फाउण्डेसन र बैंकको ऋण तिर्न पनि उनीहरुले बस्तीलाई पर्यटकीय गन्तव्य बनाउने सोच बनाएको स्थानीयको भनाइ छ । पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलबाट काम गरीएको बस्तीमा फाउण्डेसनले सहजीकरको काम गरेको र बाँकी सबै काम स्थानीयले नै गरेका हुन् ।

समुदायको सक्रियतामा बस्ती निर्माण भएकाले लागत पनि कम लागेको झ्याण्डी टोल सुधार समितिका अध्यक्ष दिनेश माझीको भनाइ छ । चिटिक्क बनेको बस्तीलाई पर्यटकीय गन्तव्य बनाउन थप प्रचार प्रसारका साथै पर्यटकीय पूर्वाधारसमेत निर्माण गर्नुपर्ने देखिन्छ ।  

प्रकाशित मिति : पुष २२, २०७६ मंगलबार  १० : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]