Banner news

राजनीतिक पीडित चौधरीलाई बिर्तामोड नगरपालिकाले घर बनाइदिने

राजनीतिक पीडित चौधरीलाई बिर्तामोड नगरपालिकाले घर बनाइदिने


बिर्तामोड । ०२८ सालको किसान बिद्रोहका क्रममा पक्राउ परी ९ बर्ष ३ महिनासम्मको कठोर जेल जिवन बिताएका टंकप्रसाद चौधरीलाई बिर्तामोड नगरपालिकाले घर बनाइ दिने भएको छ ।


२८ सालको किसान बिद्रोहका क्रममा पक्राउ परेका चौधरी ।

७० बर्षीय चौधरी हाल बिर्तामोड नगरपालिका वडा नं. ४ मा आफन्तकोमा आश्रय लिएर बसिरहेका थिए । उनका लागि स्थानीय राजनीतिक तथा सामाजिक ब्यक्तित्व भक्तिप्रसाद तिवारी(बिदूर) ले साढे ५ धूर जग्गा निःशुल्क उपलब्ध गराएपछि सो जग्गामा नगरपालिकाले आवास निर्माण गर्ने भएको नगर प्रमुख ध्रुवकुमार शिबाकोटीले जानकारी दिए ।

यसरी तिवारीले प्रदान गरेको सो जग्गाको धनीपूर्जा नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच चौधरीलाई हस्तान्तरण गरिएको छ । सो कार्यक्रममा नगर प्रमुख शिवाकोटीले यसै बर्ष चौधरीको आवास निर्माण गरिने प्रतिबद्धता ब्यक्त गरेका छन् । जग्गादाता तिवारीले आफूले राजनीतिक योद्धालाई सहयोग गर्न पाउँदा खुशी लागेको उल्लेख गरे ।

यसै आर्थिक वर्षभित्रमा बिर्तामोड नगरपालिकाले २ सय वटा गरिव तथा बिपन्नलाई आवास निर्माण गर्ने अभियान अन्तरगत राजनीतिक पीडित चौधरीको घर निर्माण गर्ने जानकारी नगरपालिकाका प्रशासन प्रमुख देबराज कार्कीले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares