बैशाख ३०, २०८२ मंगलबार

पक्राउ परेका चिनियाँलाई स्वदेश फर्काइँदै

काठमाडौं : राजधानीका विभिन्न भागबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकहरूलाई आज चीन पठाउने तयारी गरिएको छ। यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) तयार भएपछि उनीहरूलाई चीन पठाइने भएको हो।  नेपालस्थित चिनियाँ दूतावासले सोमबार नै १ सय २२ जना चिनियाँ नागरिकको ट्राभल डकुमेन्ट अध्यागमन विभागलाई उपलब्ध गराएको छ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले चिनियाँ दूतावासले ट्राभल डकुमेन्ट तयार गरी विभागलाई पठाएको र उनीहरूको पासपोर्ट रद्द गर्न आग्रह गरेको बताए। पक्राउ परेका १ सय २२ जना मध्ये २६ जनासँग मात्र पास्पोर्ट रहेको र बाँकी ९६ जनासँग भने पासपोर्ट नै नभएको उनले जानकारी दिए। पौडेलकाअनुसार उनिहरुलाई दुई समूहमा विभाजन गरेर चीन पठाइनेछ। उनीहरू मध्ये ४२ जनालाई पहिलो समूहमा साँझ पौने ५ बजे चाइनाइस्टन एयरको विमान र दोस्रो समूहलाई साँझ पौने ७ बजे साउदन एयरवेजबाट चीन पठाउने तयारी छ।

यसका लागि दुबै विमान कम्पनीले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिइ सकेका छन्। शंकास्पद गतिविधि सञ्चालन गरेको अभियोगमा उनीहरु पुस ७ गते काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका हुन्।

प्रकाशित मिति : पुष २३, २०७६ बुधबार  ९ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]