बुद्धशान्ति

बक्सर बोईजले बाँड्यो विद्यार्थीलाई स्वीटर

बक्सर बोईजले बाँड्यो विद्यार्थीलाई स्वीटर


बुधबारे । युवाहरुको संगठन बक्सर बोईज युथ क्लबले एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ । नवकिरण आधारभूत विद्यालय बुद्धशान्ति–३ का ४५ जना साना विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो स्वीटर बितरण गरिएको हो । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष खगेन्द्र आचार्यको सभापतित्व तथा बक्सर बोईजका अध्यक्ष एलिन लिम्बुको प्रमुख आतिथ्यमा कपडा बितरण गरिएको हो ।

कार्यक्रममा वडा नं ३ वडा सदस्य पर्शुराम चेम्जोङ, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष डिल्लीराम श्रेष्ठ, पत्रकार तीर्थ तिम्सिना, बक्सर बोईजका सल्लाहकार बिनोद नेम्बाङ, सदस्य बिनोद रिजाल, जेसम लिम्बु, राजन लिम्बु, सुरज धिमाल, बिनोद राई, नेहन लिम्बु, मिग्मा राई, अर्जुन राई, सुमन लिम्बु, गौरब धिमाल, एलिसजंग नेपाल लगायतको आतिथ्यता रहेको थियो ।

गत असोज २८ गते एक साँस्कृतिक तथा साँगीतिक कार्यक्रममा संकलित भएको रकमबाट बचेको रकमबाट उत्त कपडा बितरण गरिएको बताइएको छ । कार्यक्रममा शिक्षक खेमराज कट्टेलले स्वागत तथा सञ्चालन छविन्द्र तिवारीले गरेका थिए ।

शेयर गर्नुहोस :

0
Shares