बैशाख ६, २०८२ शनिबार

संसद्‍मै पहिलोपटक चेपाङ भाषामा सम्बोधन

हेटौँडा : नेपालको संसदीय इतिहासमै पहिलोपटक संसद्‍मा चेपाङ भाषामा सम्बोधन भएको छ। बिहीबार  प्रदेश-३ को प्रदेशसभा बैठकमा सन्त चेपाङले प्रदेशसभा  चेपाङको पहिचानसहित जालको झोलासहित राजधानीको विषयमा छलफल गरेका हुन्।

नेपालको संसद इतिहासमा मैथिली, हिन्दी, भोजपुरी आदि जस्ता विभिन्‍न भाषामा सम्बोधन हुने गरेको भए पनि चेपाङ भाषामा सम्बोधन भएको थिएन। सन्त चेपाङ मकवानपुर जिल्लाबाट नेपाली कांग्रेसको उम्मेदवार बनेर विजयी सासद हुन्।

चेपाङ जातिलाई नेपाल सरकारले प्रजा जाति घोषणा गरेर यसको उत्थान र विकासका विभिन्‍न कार्यक्रमहरू सञ्‍चालन गरिरहेको छ। नेपालमा खासगरी धादिङ, मकवानपुर र चितवनमा चेपाङहरूको बसोबास रहेको छ।


प्रकाशित मिति : पुष २४, २०७६ बिहीबार  ५ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]