बैशाख १७, २०८२ बुधबार

प्रदेश १ मा घट्यो धानको उत्पादन

प्रदेश नम्बर १ का १४ वटै जिल्लामा कूल ११ लाख ९८ हजार ७४० मेट्रिकटन धान उत्पादन भएको छ । गएको वर्षभन्दा यस वर्ष ६२ हजार ९२५ मेट्रिकटन धान कम उत्पादन भएको कृषि निर्देशनालय कार्यालय विराटनगरले जनाएको छ ।

गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन ५ दशमलव २५ प्रतिशतले घटेको हो ।खडेरी लाग्नु, किसानले समयमै रासायनिक मल नपाउनु र फौजी कीराको प्रकोप बढ्नुका कारण धान उत्पादन कम भएको कृषि निर्देशनालय कार्यालय विराटनगरका निमित्त प्रमुख प्रकाश डाँगीले जानकारी दिए । प्रदेशभरिमा धानको उत्पादकत्व ३ दशमलव ७४४ प्रतिहेक्टर हो ।

यस वर्षा ९३ दशमलव ९३ प्रतिशत खेतीयोग्य जमिनमा रोपाइँ भएको थियो । प्रदेश नम्बर १ मा यस वर्ष ३ लाख २० हजार १३४ हेक्टर जग्गामा धान खेती गरिएको थियो ।समग्रमा हेर्दा सुनसरी, मोरङ र झापाको उत्पादन हेर्दा सबैभन्दा राम्रो देखिन्छ । यी तीन जिल्लाको कूल उत्पादन ९ लाख ३५ हजार ३ सय ७१ मेट्रिक टन हो ।

उत्पादकत्व झापाको ४ दशमलव ५, मोरङको ४ दशमलव १ र सुनसरीको ४ दशमलव १ छन् । प्रदेश नं १ को पहाडका ११ जिल्ला र तराईका तीन जिल्लाको उत्पादनलाई तुलना गर्दा तराईको उत्पादन अत्यन्त राम्रो देखिएको कृषि निर्देशनालय कार्यालय विराटनगरका निमित्त प्रमुख प्रकाश डाँगीले बताए ।पहाडका जिल्लाको कूल उत्पादन २ लाख ६३ हजार ३६९ मेट्रिक टन हो । उत्पादकत्व सबैभन्दा बढी झापाको ४ दशमलव ५ र सबैभन्दा कम खोटाङको १ दशमलव ७५ रहेको पाइएको छ ।

प्रकाशित मिति : पुष २५, २०७६ शुक्रबार  ४ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]