मुख्य समाचार

बलात्कार मुद्दामा फरार सार्की पक्राउ

बलात्कार मुद्दामा फरार सार्की पक्राउ


बलात्कार मुद्दा लागेर फरार रहेका मोरङको कानेपोखरी गाउँपालिका–६ का २४ वर्षीय यामबहादुर सार्कीलाई प्रहरीले बिहीबार जिल्ला अदालत मोरङमा पुर्याएको छ ।


बालिकामाथि बलात्कार गरेको घटनामा सर्वाेच्च अदालतले दुई वर्ष छ महिना कैद सजायको फैसला गरे पनि फरार रहेका सार्कीलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरी अदालत पुर्याएको हो ।

पथरीका डीएसपी दिलिप गिरीकाअनुसार सार्की विरुद्ध सर्वाेच्च अदालतले २०७५ साल असार २६ गते कैद सजायको फैसला सुनाएको थियो । अदालतले दोषी ठहर गरे पनि उनी खुलेआम हिंडडुल गर्ने र ट्याक्टर लगायतका ढुवानीका साधनमा काम गर्ने गरेको पाइएको प्रहरीले बताएको छ ।


डीएसपी गिरीले ट्याक्टरमा गिट्टी, बालुवा लोड गर्दै गरेको अवस्थामा कानेपोखरीकै चिसाङ खोलाबाट उनलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

प्रहरीलाई देखेपछि भागेका सार्कीलाई लखेट्दै केही पर पुर्याएपछि पक्राउ गर्न सकिएको उनले बताएका छन् । पक्राउ गरिएका सार्कीलाई बिहीबार जिल्ला अदालत मोरङमा पेश गरिएको र अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares