जेष्ठ ६, २०८२ सोमबार

विर्तामोडमा खुल्यो नेपालमै पहिलो अलैंची प्रशोधन उद्योग

बिर्तामोड । विर्तामोडमा नेपालकै पहिलो अलैंची प्रशोधन उद्योग खुलेको छ । अलैंचीको स्वदेशी खपत बढाउने उद्देश्यले उद्योग खोलिएको हो । उद्योगले अलैंचीको मसला, माउथ फ्रेसनर (मुख गन्हाउने समस्या हटाउने) लगायतका वस्तु उत्पादन गर्ने योजना बनाएको उद्योगका अध्यक्ष निर्मल भट्टराईले बताए ।

‘अलैंची स्वदेशी बजारमा खपत कम छ । उद्योगले स्वदेशी तथा विदेशी दुवै बजारको मागअनुसारका सामान उत्पादन गर्छ’, उनले भने । भट्टराईका अनुसार अहिले अलैंची ठूल्ठूला प्याकेट बनाएर व्यापारीलाई बेच्ने गरिएको छ । तर प्रशोधन गरेर बजारमा लैजान भने पहिलो पटक उद्योग खुलेको हो ।

उद्योगले अलैंचीका १ सय, २ सय, ५ सय ग्राम र १ केजीको साना प्याकेटसमेत बनाउने छ । यसरी साना साना प्याकेट बनाएर बजारमा जाँदा अलैंची सबैले सजिलै किन्न सक्छन् । माघ अन्तिम सातातिर उक्त उद्योग उद्घाटनमा ल्याउने तयारी छ । ‘मेशिन सबै फिट गरिसक्यौं, अहिले ट्रायलको रूपमा काम भइरहको छ’, उनले भने । ५ करोड लागत भएको उक्त उद्योगमा ३ जनाको लगानी रहेको छ । पछिल्लो समय अलैंचीको निर्यात पनि बढ्दै गएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७६÷०७७ को साउनदेखि मङ्सिरसम्ममा २३ लाख १६ हजार ८ सय ८७ किलो अलैंची निर्यात भएको छ । सो अलैंची निर्यातबाट १ अर्ब ८६ करोड रूपैयाँ भित्रिएको छ ।

प्रकाशित मिति : पुष २६, २०७६ शनिबार  ११ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]