जेष्ठ ६, २०८२ सोमबार

पर्यटन प्रबद्र्धन गर्न विधार्थीलाई जातीय पोशाक अनिवार्य

बिर्तामोड । सरकारले विभिन्न कार्यक्रम गरेर भ्रमण वर्ष मनाई रहेका बेला झापाको एक विद्यालयले समेत भ्रमण वर्षलाई प्रबद्र्धन गर्न सांस्कृतिक पोशाकको अवधारणा अघि सारेको छ ।

सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने उद्धेश्यले स्थानीय, प्रादेशिक तथा संघीय सरकारले विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेका बेला झापाको बुद्धशान्तीस्थित मुनामदन एकाडेमीले पनि भ्रमण बर्षलाई स्वागत भन्दै आफ्ना विद्यार्थीहरुलाई परम्परागत र जातीय पोशाक लगाउन आह्वान गरेको छ ।

हरेक महिनाको अन्तिम मंगलबार कक्षा ५ देखि कक्षा १२ सम्मका विद्यार्थीले ऐच्छिक रुपमा आफ्ना जातीय पोशाक लगाउन मिल्ने बिधालयका प्रिन्सिपल चेतन ढुङ्गेलले जानकारी दिए । एक हजारभन्दा माथि विद्यार्थी रहेको उक्त बिधालयमा २० भन्दा बढी जातजातिका बिद्यार्थीहरु अध्ययनरत छन् ।

भ्रमण बर्ष २०२० लाई भव्यताका साथ सफल बनाउन आफ्नो बिधालयले बहुजाती, बहुभाषि ,बहुसाँस्कृतिक समाजमा आफ्नो संस्कार भाषा ,भेषभुषाको संरक्षण गर्न सकियोस् भन्दै यो कार्यक्रम संचालन गरिएको प्रिन्सिपल ढुङ्गेलले बताए ।

प्रिन्सिपल ढुङ्गेलले यस्तो कार्यक्रम पूर्वान्चलमै पहिलो भएको पनि दावी पनि गरेका छन् । बुद्धशान्तिको मात्रै नभएर झापामै अब्बल रहेको मुनामदन एकाडेमीले यसअघि पनि उत्कृष्ट कार्यक्रम गरि आएको छ ।

मुनामदन एकाडेमीले अतिरिक्त कार्यक्रमहरु अन्र्तगत अन्तर विद्यालय फुटबल, सांकृतिक, हाजिरी जवाफ, वक्तृत्वकला, निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट हुदै सम्मानित भइरहेको छ । बुद्धशान्तिको साविक शान्तिनगर र इलामको रोङ गाँउपालिकाबाट आउने विद्यार्थीले विद्यालयको पठनपाठन शैली ,अरिरिक्त क्रियाकलापमा गरेको प्रगतिप्रति अभिभावकहरु सन्तुष्टि रहेको बताएका छन् ।

विद्यार्थीहरुले जातीय पोशाक लगाँउदा आफ्नो संस्कृतिको संरक्षण हुनुका साथै अन्य जातिको भाषा, संस्कृति र पहिचानको विषयमा जानकारी लिन सहज हुने बताइएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै नेपालको जातीय पहिचानको विषयमा जानकारी गराउने उद्धेश्यले यस्तो कार्यक्रम ल्याइएको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : पुष २७, २०७६ आईतबार  ६ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]