बैशाख १२, २०८२ शुक्रबार

अनेरास्ववियुको केन्द्रीय समितिले लियो सपथ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संस्था अनेरास्ववियूको केन्द्रीय कमिटिका सदस्यले सपथ ग्रहण गरेका छन् ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटिका सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।उनीहरुलाई नेकपाका महासचिव विष्णु पौडेलले सपथ खुवाएका हुन् ।

अनेरास्ववियूले संगठनमा ४५ सदस्यीय स्थायी समिति पनि बनाएको छ । स्थायी समितिमा पूर्व एमाले निकट अनेरास्ववियूबाट २४ र पूर्व माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबाट २१ जना छन् ।

अनेरास्ववियूले १८ पुसमा एकीकृत केन्द्रीय समितिको टुंगो लगाएको थियो । त्यसमा केही विद्यार्थी नेताहरुले असन्तुष्टि जनाएका थिए ।

प्रकाशित मिति : पुष २७, २०७६ आईतबार  ६ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]