झापामा राष्ट्रिय भाक्का दिवस : माछा र टमाटरको अचारसँग भाक्का खुवाउँदै मनाइयो
बिर्तामोड । झापाको विर्तामोडमा सांस्कृति कार्यक्रमसहित आज भाक्का दिवस मनाइएको छ । जाडो मौसममा खाजाका लागि लोकप्रीय मानिने भाक्काको विभिन्न परिकार बनाएर दिवस मनाइएको हो । राजवंशी समुदायले निःशुल्क भाक्का खुवाएर ‘राष्ट्रिय भाक्का दिवस’ मनाएका छन् ।

कोचिला गाभुर फ्रन्टले आयोजना गरेको भाक्का दिवसमा जिल्ला विशिष्ट नागरिक सहित सर्वसाधारणले भाक्का स्वाद लिएका छन् । उनीहरुले माछा, बैगुनको तरकारी र टमाटरको अचारसँग भाक्का खाएका छन् । बिर्तामोडको वान स्टप मल अगाडि आयोजना गरिएको कार्यक्रममा राजवंशी समुदायका अगुवा सहित कलाकारहरुको उपस्थिति रहेको थियो । भाक्का राजवंशी समुदायले चिसो मौसममा खाने प्रमुख परिकार हो ।

जाडोयाम शुरु भएपछि हरेक गाउँ बजारमा विहानै भाक्का पकाइन्छ र सबैले खाजाको रुपमा खाने गरेका छन् । भाक्का अहिलेसम्म सडकमै विक्रि वितरण गरेको पाइन्छ । यो परिकारलाई स्टाण्डर होटल तथा रेष्टुरेन्टमा परिकारको रुपमा दिइएको छैन ।
