Banner news

मेची अस्पतालमा ल्याप्रोस्कोपी विधिद्धारा पित्त थैलीको शल्यक्रिया

मेची अस्पतालमा ल्याप्रोस्कोपी विधिद्धारा पित्त थैलीको शल्यक्रिया


झापा- मेची अस्पतालमा ल्याप्रोस्कोपी विधिद्धारा पित्त थैलीको शल्यक्रिया शुक्रबारबाटसुरु भएको छ। झापाको सरकारी अस्पतालमा पहिलो पटक यो सेवा सञ्चालनमा ल्याइएको हो। 

यसअघि चिरफार पद्धतिअनुसार शल्यक्रिया गराउँदै आएकोमा शुक्रबारबाट यो विधिमार्फत् बिरामीको शल्यक्रिया गराइने मेची अञ्चल अस्पतालले जनाएको छ।

‘दुरबिनको प्रयोग गरी चिरफार गरिने झन्झटका कारण बिरामी निजी अस्पतालतर्फ आकर्षित हुँदै गएका थिए। तर अब मेसिनको प्रयोगबाट सर्वसाधारणलाई अस्पतालबाटै सेवा दिन सक्षम भएका छौं,’ अस्पतालका मेसू डाक्टर पिताम्बर ठाकुरले भने।

अस्पतालका सर्जन डाक्टर रामबाबु खड्का नेतृत्वको टोलीले उक्त विधिमार्फत्बिरामीकोशल्यक्रिया गर्नेमेसू ठाकुरले बताए।

अस्पतालले आज शल्यक्रिया गरिएको बिरामीका लागि १८ हजारमा बिमा सुविधा अन्तर्गतको प्याकेजमा सेवा दिएको थियो।

शेयर गर्नुहोस :

0
Shares