बैशाख १०, २०८२ बुधबार

रुखबाट लडेर वडासचिवको मृत्यु

काभ्रे : काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर मृत्यु भएको छ। 

घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते भएका ५० वर्षीय सत्यालको  धुलिखेल सामुदायिक अस्पतालमा लैजाँदै गर्दा बाटोमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए। उनले लामो समयदेखि वडासचिवका रुपमा काम गर्दै आएका थिए।

प्रकाशित मिति : माघ ५, २०७६ आईतबार  ७ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]