बिर्तामोड । भ्रमण वर्ष २०२० लाई लक्षित गरी झापाको बिर्तामोडमा खाना महोत्सवको आयोजना गरिएको छ ।

आज बिहानै देखि बिर्तामोडको वन स्टप मल अगाडि खाना महोत्सव चलिरहेको छ ।
महिला उद्यमी संघ नेपाल झापाले आयोजना गरेको खाना महोत्सव विशेष गरी खानालाई उद्यमसँग जोढ्नु रहेको छ । महिला उद्यमी संघ नेपाल झापाकी अध्यक्ष गोमा भट्टराईले भ्रमण वर्षलाई खाना महोत्सव मार्फत प्रवद्र्धन गरिएको बताइन् ।

खाना महोत्सवमा १ सय रुपैयाँले ढिँडो, गुन्द्रुक, सेलरोटी , खीर , अचार, तरकारी, फापरको फुरौला, सिस्नोको सुप लगायतका स्थानीय परिकार उपलव्ध गराएको छ । खाना महोत्सवले आम महिलालाई उद्यमसँग जोडिन सन्देश दिएको छ । उनीहरुलाई होटल म्यानेजम्यान्ट अध्ययनरत इकम कलजका विधार्थीहरुले सहयोग गरेका छन् ।







प्रतिक्रिया