प्रकृति फाउण्डेशनको अध्यक्षमा ताम्ली
बिर्तामोड । सामाजिक क्षेत्रमा काम गर्ने उदेश्यले स्थापना भएको प्रकृति फाउण्डेशनको अध्यक्षमा मनोन ताम्ली सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।

फाउण्डेशनको शनिवार बिर्तामोडमा सम्पन्न चौंथो साधारणसभाबाट उनलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ । उपाध्यक्षमा निता घतानी, महासचिवमा अनिता कन्दङ्वा, सचिवमा अशोक खतिवडा, कोषाध्यक्षमा रोशन लामा र सदस्यहरुमा प्रदीप परियार , नारायण पोख्रेल, सुम्निहाङ्ममा लिम्बू, सरोज सत्याललाई चयन गरिएको छ ।
सामाजिक क्षेत्रमा काम गर्ने फाउण्डेशनको साधारणसभामा पत्रकार गणेश पोखरेल, जिल्ला युवा समिति झापाका अध्यक्ष छवि चुडाल, पूर्व अध्यक्ष टिकाराम मंग्रातीले शुभकामना मन्तब्य राखेका थिए ।