बिर्तामोडको २२ लाख लगानीपछि सैनिकबजारमा शहरी स्वास्थ्य केन्द्र स्थापना
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. १० स्थित सैनिकबजारमा शहरी स्वास्थ्य केन्द्र खोलिएको छ । सो केन्द्रको एक कार्यक्रमका बिच नगर प्रमुख ध्रुबकुमार शिबाकोटीले उद्घाटन गरेका छन् ।

नगर पालिकाको प्रत्येक वडामा एउटा शहरी स्वास्थ्य केन्द्र खोल्ने नीति अनुरुप स्थानीय समुदायको सक्रियतामा निर्माण गरिएको भवनमा शहरी स्वास्थ्य केन्द्र संचालन गरिएको हो । स्थानीय समाजसेवी रामदर्शन गुरुङको अध्यक्षतामा निर्माण समिति गठन गरेर भवन निर्माण गरिएको थियो ।
स्थानीय समुदायले चन्दा समेत उठाएर बनाएको भवन पूरा गर्न र शौचालय, घेराबार गर्न नगर पालिकाले २२ लाख भन्दा बढी बजेट लगानी गरेको नगर पालिकाका योजना अधिकृत जय तिम्सिनाले जानकारी दिए ।
वडा नं १० का अध्यक्ष दुर्योधन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख शिवाकोटी, नगर उपप्रमुख पबित्रा महतारा प्रसाई र निर्माण समितिका सचिब रुपनारायण मुखियाले मन्तब्य राखेका थिए ।