बैशाख १३, २०८२ शनिबार

लागुऔषसहित प्रहरी जवान पक्राउ

मोरङ, १३ माघ । भारतको जोगवनीबाट ल्याउँदै गरेको लागुऔषधसहित एक जना प्रहरी जवान विराटनगरबाट पक्राउ परेका छन् । प्रहरीले धनकुटाको पाख्रिबास–१४ घर भएका २३ वर्षीय प्रहरी जवान सरोज गिरीलाई पक्राउ गरेको हो ।

पैदल हिंडिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले चेक गर्ने क्रममा उनले लगाएको ज्याकेटको गोजीबाट एक सय ४४ ट्याब्लेट स्पास्मो प्रोक्सिभन नामक लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।

उनको साथबाट लागुऔषध फेला परेपछि विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले बताए ।
कारागार सुरक्षा गार्ड झापामा दरबन्दी भएका प्रहरी जवान गिरी दंगा नियन्त्रण प्रहरी गण दुहवी सुनसरीमा कार्यरत छन् ।

प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार  ८ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]