अनेरास्ववियू बि.एस.सिमा पुडासैनी
भद्रपुर । मेची बहुमुखी क्याम्पसमा बि.एस.सि प्रथम बर्षमा अनेरास्ववियूको कमिटी गठन गरिएको छ । आज विधार्थीको भेलाले रियान्च पुडासैनीको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेको क्याम्पस कमिटी अध्यक्ष अशोक खतिवडा टाइगरले जानकारी दिए ।

नवगठित कमिटीको उपाध्यक्षमा शिशिर खतिवडा, सचिवमा रोजिना उप्रेती, सहसचिवमा मणिक आचार्य, कोषाध्यक्षमा सौगात भारद्वज र सदस्यहरुमा ध्रुव लम्साल, सौरभ तिम्सिना, सौगात तामाङ, स्वस्तिका भुजेल, बिबेक चापागाईं, पुस्पा खत्री, सफलता बास्तोला, रिना खतिवडा, आयुस गुरागाई र अभिषेक शर्मा गौतमलाई चयन गरिएको छ ।