मुख्य समाचार

३२ किलो गाँजासहित तीन पक्राउ

३२ किलो गाँजासहित तीन पक्राउ


मकवानपुर – प्रहरीले ३२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेकाे छ। सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको कमाण्डमा खटिएको टाेलीले उनीहरुलाई हेटौंडा उपमहानगरपालिका ११ थानाभर्‍याङस्थित पूर्व पश्चिम लोकमार्गको सडकखण्डबाट पक्राउ गरेकाे हाे।

फाईल तस्बिर

पक्राउ पर्नेमा भारत मुजफपुर बस्ने वर्ष ३५ का संजित पासवान, वर्ष ३५ का अजैमल हवारी र वर्ष ४५ की जाहेरा खातुन रहेका छन्।

उनीहरुलाई पक्राउ गर्न प्रहरीले गाेली चलाएकाे थियाे। मनहरीतर्फबाट हेटौंडातर्फ आउँदै गरेको बीआर ०६ जे ४४५८ नम्बरकाे भारतीय नम्बरको कारलाई रोकी चेकजाँच गर्न खोज्दा नरोकी भैरवडाँडातर्फ भागेका उनीहरुलाई पक्रन प्रहरीले गाेली चलाएकाे हाे। कारको टायरमा फायर गरी कारलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ।

चेकजाँचका क्रममा कारको पछाडीको सिटमुनी फल्स बटम बनाई १६ वटा पोकामा ३२ किलो गाँजा फेला परेको प्रहरीले जनाएकाे

शेयर गर्नुहोस :

0
Shares