बैशाख १०, २०८२ बुधबार

तरकारीको उत्पादन घट्यो

बिर्तामोड । मानिसले दैनिक उपभोग गर्ने तरकारीको उत्पादन घटेको छ । राष्ट्र बैंकले हालै प्रकाशन गरेको ‘आर्थिक गतिविधि अध्ययन’ प्रतिवेदनले तरकारीको उत्पादन घटेको देखाएको हो ।

आर्थिक वर्ष २०७४÷०७५ मा तरकारीको उत्पादन ३.० प्रतिशतले बढेको थियो । ०७५÷०७६ मा तरकारीको उत्पादन १.६ प्रतिशतले घटेको छ । त्यस्तै मकै उत्पादन ०.९, कोदो ०.६, फापर २.९, सुर्ती २१.४, भटमास ०.६ र दलहन उत्पादन १.६ प्रतिशतले घटेको छ । त्यस्तै, आँप उत्पादनमा १०.५ र कफी उत्पादनमा ११.१ प्रतिशतले कमी आएको छ ।

प्रतिवेदन अनुसार कृषियोग्य भूमिमा वर्षभरी सिँचाई सुविधा उपलब्ध नहुनु, मनसुनी वर्षामा निर्भर रहनु, कृषि योग्य भूमी नहुनु र जनशक्तिको अभावका कारण उत्पादन घटेको हो । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट कृषिमा प्रवाहित कर्जा भने ४२.२ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ५९ अर्ब १८ करोड पुगेको छ । गत वर्ष यस्तो कर्जा २७.७ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा वर्षमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी रु. ४८ अर्ब ४७ करोड २८ लाख कर्जा अन्य कृषि तथा कृषिजन्य सेवा शिर्षक प्रवाह भएको छ भने सबैभन्दा न्यून सूर्ति बालीमा रु. ९ करोड ३९ लाख प्रवाह भएको देखिन्छ ।

कुल कर्जामध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जामा काठमाडांै क्षेत्रको अंश २३.६ प्रतिशत, विराटनगर क्षेत्रको १६.३ प्रतिशत, जनकपुर क्षेत्रको ९.६ प्रतिशत, वीरगञ्ज क्षेत्रको २०.८ प्रतिशत, पोखरा क्षेत्रको ७.३ प्रतिशत, सिद्धार्थनगर क्षेत्रको १२.६ प्रतिशत, नेपालगञ्ज क्षेत्रको ५.८ प्रतिशत तथा धनगढी क्षेत्रको ३.८ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : माघ १५, २०७६ बुधबार  ३ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]