बैशाख १०, २०८२ बुधबार

१० हजारले भेटे कारगारमा महरालाई

काठमाडौं । कात्तिक २५ गतेदेखि डिल्लीबजार कारागारमा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई भेट्न जानेहरूको लर्को नै लाग्ने गरेको छ । अहिलेसम्म उनलाई भेट्न १० हजार बढी आफन्त र कार्यकर्ता पुगेको कारागारको भनाइ छ । तर उनलाई सामान्य कार्यकर्ता र आफन्तबाहेक भीआईपी भने जाँदैनन् ।

‘अरू कैदीलाई भेट्न फाट्टफुट्ट रूपमा भए पनि शीर्ष नेता नेताहरू आइरहेका,’ कारागारका एक कर्मचारीले नागरिकसँग भनेका छन्, ‘तर महराज्यूलाई भेट्न शीर्ष नेताहरू कोही नआएको देख्दा अनौठो लागेको छ ।’

त्यसो त महरा आफैं पनि सञ्चारकर्मी र कर्मचारीसँग भेट्न अनिच्छुक छन् । कारागार चलान भएलगत्तैदेखि उनले कर्मचारीसँग पत्रकार आए भेट्न नदिनू भनेको नागरिक समाचारमा उल्लेख छ ।

सन्चोबिसन्चो सोध्ने कर्मचारीलाई उनले ठीक छ भनेर टाउको हल्लाउने गरेका छन् । समाचार अनुसार महराको दायाँ बाया २५/३० जना कैदी छन् । तर उनी ती कैदीहरूसँग पनि खासै बोल्दैनन् ।

प्रकाशित मिति : माघ १७, २०७६ शुक्रबार  ८ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]