Banner news

धरानमा कोरोनाभाइरसको आशंका

धरानमा कोरोनाभाइरसको आशंका


धरान – केही दिनअघि दक्षिण कोरियाबाट फर्किएका धरानका एक युवकलाई कोरोनाभाइसरको आशंका पछि टेकु रिफर गरिएको छ ।

ज्वरोको उपचार गराउन अस्पताल पुगेका मोहनकुमार लिम्बुलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोनाभाइरस संक्रमणको शंका लागेपछि थप उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेफर गरेको हो । 

लिम्बुलाई १०३ डिग्री ज्वरो देखिएको छ भने घाँटी दुखेका लक्षणहरु देखिएको बिपी प्रतिष्ठानले जनाएको छ । 

लिम्बुले आफू कोरियामै हुँदा त्यहाँ केही व्यक्तिमा कोरोनाभाइरसको संक्रमण भएको भनेपछि उनलाई तत्काल टेकु पठाएको अस्पतालले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares