बैशाख ६, २०८२ शनिबार

वामदेव बने नेकपाको उपाध्यक्ष

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय सदस्य वामदेव गौतम उपाध्यक्ष भएका छन्।

आइतबार केन्द्रीय कमिटी बैठकले महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन र सांगाठानिक प्रतिवेदन पारित गरेपछि गौतम उपाध्यक्ष बनेका हुन्। यसअघि गत साउनमा नेकपाको सचिवालयले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो।

उक्त निर्णयलाई स्थायी कमिटी बैठकले पनि पारित गरेको थियो। केन्द्रीय सदस्यसमेत रहेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा केन्द्रीय कमिटीबाट संगठानात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएको जानकारी दिए।

‘कमरेड वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने सर्वसम्मत निर्णय भएको छ,’ थापाले भनेका छन्।

प्रकाशित मिति : माघ १९, २०७६ आईतबार  ४ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]