बैशाख ९, २०८२ मंगलबार

भगिनी सम्बन्धका लागि बेलायती टोली मेचीनगर आउने

मेचीनगर । बेलायतको फोक्सटन सीटी र मेचीनगरबीच भगिनी सम्बन्ध कायम गर्नका लागि माघ २५ गते बेलायती प्रतिनिधि मण्डल नेपाल आउने भएको छ ।

द गोर्खा मेमोरियल फण्ड बेलायतका संस्थापक अध्यक्ष, झापाली समाज लण्डनका अध्यक्ष तथा बेलायतस्थित फोक्टन सीटीका पूर्व काउन्सिलर धनकिरण गुरुङसहितको ५ सदस्यीय वेलायती प्रतिनिधि मण्डल मेचीनगर आउन लागेको हो ।

बेलायती प्रतिनिधि मण्डलले मेचीनगरले स्वागतका लागि अहिले नगरलाई सजाउने काम गदैं आएको छ । मञ्चदेखि स्वागत गेटको निर्माण गरिने छ । बेलायती प्रतिनिधि मण्डल र मेचीनगर नगपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीलगायतको नेपाली प्रतिनिधि मण्डलबीच बेलायतको फोक्सटन सिटी र मेचीनगर नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका बारेमा व्यापक छलफल हुनेछ ।

छलफल पश्चात फोक्सटन सिटीका मेयर सहितका पदाधिकारीले भगिनी सम्बन्ध स्थापनाको मैत्री पत्रमा सम्झौतामा हस्ताक्षर हुने पूर्व काउन्सिलर गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : माघ २०, २०७६ सोमबार  ५ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]