बैशाख १३, २०८२ शनिबार

सम्पादकीय : हायसको यात्रा जोखिमपूर्ण

यात्राको क्रममा कुनै पनि बेला दुर्घटनामा पर्न सकिन्छ । हरेक यात्रा फेरि दुर्घटनामा परिहाल्दछन् भन्ने पनि होइन । तर, प्रायः यात्रा जोखिमपूर्ण नै बनिरहेका छन् । केहि यात्राहरु सफल पनि भइरहेका छन् । इन्जिनको माध्यमबाट सञ्चालन हुने सवारीलाई मानव नियन्त्रण बनाउने कुरा सामान्य थिएन । अहिले त्यहि इन्जिन कतिपय समयमा मानवीय बसभन्दा बाहिर जाने गर्छ । सवारी दुर्घटनाको धेरै कारणहरु छन् । चालकको लापरबाहीले गर्दा धेरै सवारी दुर्घटनामा यात्रीले जीवन गुमाइरहेका छन् । चालक आफैलाई पनि आफ्नो जीवनको माया छ । उनीहरुको पनि परिवार छ । केहि बाध्यता र केहि परिस्थितिले छिटो दौडिन विवश छन् ।

आइतवार सुनसरीमा भएको दुर्घटनाले केहि परिवारमा स्तब्ध बनाएको छ । हायस र बस ठोक्कियो । ट्राफिक प्रहरीका अनुसार हायसको तिव्र गति दुर्घटनाको कारण हो । सबै जसो हायस सडकमा हावा जत्तिकै कुदिरहेका हुन्छन् । लाग्छ, हायस मानव जातिले दौडाइरहेको छैन । त्यसको गति आफैमा दुर्घटनाको मुख्य कारण हो । सुनसरीको झुम्का नजिकै भएको दुर्घटनाले आम नागरिकलाई हायसप्रतिको सोच्ने धारणा बदलेको छ । दुर्घटना भनेको सबै सवारी हुने गर्छ । तर, सवारीको गतिलाई हेर्दा पछिल्लो समय हायस डरलाग्दो नै छ । यसको यात्रा गर्न सोच्नैपर्छ ।

झापा ट्राफिकले जिल्लाभरको लागि छोटो दुरीका सवारीमा अहिले टाइम कार्ड लागु गरेको छ । यसले सार्वजनिक सवारीलाई गति नियमन गर्न सहयोग गरेको छ । आफ्नो खुशीमा हुइकिने सवारीलाई टाइम कार्डले नियमन गर्दा दुर्घटनाको जोखिम समेत घटाएको छ । सुन्दर सपना बोकेर जीवनको यात्रामा दौडिरहेका मानिसलाई सुरक्षित यात्राको जिम्मेवारी बस ब्यवसायीले लिनुपर्छ । यति मात्र होइन, दुर्घटना भएमा चालकले मात्र होइन त्यस सवारीको मालिकले पनि कारवाहीको दायरामा आउनुपर्छ । सरकारले सरोकारवालासँग समन्वय गरेर कानुन निर्माण गरी दुर्घटना न्यूनिकरणका लागि तत्काल पहल गरोस् ।

प्रकाशित मिति : माघ २१, २०७६ मंगलबार  ३ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]