Banner news

ओलीले बजाए बाँसुरी, धून बज्दा सबै ‘चकित’

ओलीले बजाए बाँसुरी, धून बज्दा सबै ‘चकित’


काठमाडौं । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सारंगी साँझ आयोजना भएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बालुवाटारमा सांगीतिक साँझ भएको हो ।

राष्ट्रिय मिडियाका सम्पादकसँगको अन्तरक्रियापछि प्रधानमन्त्री केपी ओली सांगीतिक साँझमा सहभागी भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

‘यो सारंगी साँझ हो’, थापाले भने, ‘सम्पादकसँगको अन्तरक्रियापछि प्रधानमन्त्रीलगायत अन्य पूर्व प्रधानमन्त्री सांगीतिक साँझमा सहभागी हुनु भएको हो ।’

सांगीतिक साँझमा प्रधानमन्त्री ओलीले बजाएको बाँसुरीको धूनमा उपस्थित सबै चकित भएको थापाले बताएका छन् । ओलीले बाँसुरी बजाउँदा नेकपा वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालले सारंगी बजाएर साथ दिएका थिए । सारंगी साँझमा नेकपाका शीर्ष नेता र प्रतिष्ठित कलाकार सहभागी थिए ।

शेयर गर्नुहोस :

0
Shares