Banner news

जनयुद्ध दिवसमा प्रसाईद्वारा आत्मसमर्पण

जनयुद्ध दिवसमा प्रसाईद्वारा आत्मसमर्पण


काठमाडौं । मानहानी सम्बन्धी कसूरमा फरार मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईं प्रशासनमा सुटुक्क हाजिर भएर छुटेका छन् ।

बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा उनी हाजिर भएका हुन् ।

हाजिर भएपछि उनलाई साधारण तारेखमा छाड्न भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आदेश दिएकी छन् ।

मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए । प्रसाईले जनयुद्ध दिवस कै दिन आत्मसपर्ण गरेका छ ।

शेयर गर्नुहोस :

0
Shares