Banner news

प्रधानमन्त्री ओली आज दिनभर झापा रहने

प्रधानमन्त्री ओली आज दिनभर झापा रहने


बिर्तामोड– प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली आज गृहनगर झापाको दमक आउने भएका छन् ।

प्रधानमन्त्री ओलीले दिउँसो सवा १२ बजे दमक–४ मा रहेको कृष्णमन्दिर चोकमा सडक उद्घाटन गर्ने कार्यक्रम रहेको दमक नगरपालिका कार्यालयले जनाएकको छ ।
यस्तै १ बजे दमक र मोरङको मिक्लाजुङ गाउँपालिकाको सीमामा पर्ने रतुवा खोलामा निर्मित पक्की पुलको उद्घाटन र सवा १ बजे बेलडाँगीस्थित जिरो प्वाईन्टमा रवि चिसापानी सडक शिलान्यास गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले दिउँसो साढे १ बजे बेलडाँगीस्थित खेलमैदानमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओलीको अन्तिम कार्यक्रममा दिउँसो साँढे २ बजे दमक नगरपालिका वडा नम्बर १ मा निर्मित विपन्न नमूना बस्तिको उद्घाटनको कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओली आइतबार बेलुकी पख काठमाडौं फर्कने कार्यक्रम छ ।

शेयर गर्नुहोस :

0
Shares