Banner news

तुम्बाहाङ्फे कानुन मन्त्री : आजै सपथ

तुम्बाहाङ्फे कानुन मन्त्री : आजै सपथ


काठमाण्डौ – निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन मन्त्री बन्ने हुनुभएको छ ।

उहाँले  सोमबार दिउँसो ३ बजे राष्ट्रपतिबाट शपथ लिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उपेन्द्र यादवको बहिर्गमनपछि रिक्त रहेको कानुन मन्त्रालयको जिम्मेवारी अहिले स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आउनुभएको छ । 

यसअघि उपसभामुख रहनुभएकी शिवमायाले तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पदको दाबी गर्नुभएको थियो । तर नेकपा सचिवालयले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उहाँले राजीनामा दिनुभएको थियो । 

शेयर गर्नुहोस :

0
Shares